बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मुक्तिनाथ यादव विजयी भएका छन् । उनी सात हजार नौ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकै सावित्रा गौतम आठ हजार दुई सय ७ मतसहित विजयी भएकी छन् ।
उनीहरुको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमर खड्काले सात हजार आठ सय ११ मत ल्याएका छन् भने उपप्रमुखमा एमालेकी टीका सम्सेलीले सात हजार चार सय ६२ मत ल्याएकी छिन् ।