बाँकेको डुडुवा गाउँपालिकामा पुनः कांग्रेसका चौधरी र बानो विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । मंगलबार अबेर राति सार्वजनिक मत परिणामअनुसार ६ हजार दुई सय ७२ मत ल्याएर नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी (कुर्मी) अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भण्डारीलाल यादवले पाँच हजार एक सय २५ र एमालेकी सरोजकुमारी यादवले तीन हजार सात सय १९ मत पाएका छन् । 

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो विजयी भएकी छिन् । उनी पाँच हजार आठ सय ८४ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सरन्नुम बानोले चार हजार सात सय ५४ मत र एमालेका शकिल अहमद खानले चार हजार एक सय ५४ मत पाएका छन् । 

डुडुवा गाउँपालिकामा यसअघि पनि कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानोले जितेका थिए ।उक्त  गाउँपालिकामा जनता समाजवादी पार्टीले तीन वडा जितेको छ भने एमालेले दुई र नेपाली कांग्रेसले एउटा वडा मात्र जितेको छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार