दाङको लमही नगरपालिकामा कांग्रेस विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

दाङको लमही नगरपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले जितेको सोही नगरपालिकामा अहिले भने कांग्रेसका जोगराज चौधरीले विजय हासिल गरेका हुन् । 

उनले नौ हजार तीन सय १७ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले सात हजार दुई सय ८५ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका दण्डीराम चौधरीले पाँच हजार पाँच सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकै लक्ष्मी योगी आठ हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले पाँच हजार आठ सय ४८ र एमालेकी सुशीला शर्माले पाँच हजार तीन सय १२ मत प्राप्त गरेकी छिन् । यसअघि मेयर एमाले र उपमेयर कांग्रेसले जितेको थियाे । अहिले कांग्रेसले आठवटा वडा जितेको छ भने माओवादी केन्द्रले पाँचवटा वडा जितेको छ । 

सुझावित समाचार