ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका अशोक कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई दुई सय ८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी भएका हुन् । कार्कीले तीन हजार सात सय ७६ मत ल्याएर विजयी हुँदा विष्टले तीन हजार चार सय ९२ मत प्राप्त गरेका छन् ।

 उपप्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी भएकी छिन् । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई एक हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित भएकी हुन् । थापाले चार हजार एक सय १६ मत ल्याउँदा दाहालले तीन हजार ८३ मत ल्याइन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कटवालले नौ सय ३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले एक सय ६०, मंगोल नेसनल अर्गनाइजेसनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०–१० मत ल्याएका छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित कार्की भूमि आयोगको अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका थिए ।  उपाध्यक्ष थापा अनेरास्ववियुकी केन्द्रीय नेतृ हुन् । 
 

सुझावित समाचार