उमाकुण्डको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् । सुनुवारले तीन हजार सात सय २८ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर कटुवालले दुई हजार एक सय ७२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी सावित्री सुनुवारले दुई हजार नाै सय २२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम्र प्रतिद्वन्द्वी एमालेकी गंगा कार्कीले दुई हजार आठ सय ३४ मत प्राप्त गरेकी थिइन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार