निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका निलम्बित सांसद सदस्य मोहन बानियाँका कान्छा छोरा हतियारसहित पक्राउ परेका छन्। जिल्लाको खत्याड गाउँपालिका - ७ माझचौरमा बानियाँका कान्छा छोरा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार पक्राउ परेका बानियाँलाई प्रहरी चौकी माझ चौरमा राखिएको छ। भोलि नै जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान गरी हातहतियार कसुरसम्बन्धी कानुनबमोजिम कारबाही अगाडि बढाइने प्रहरीले बताएको छ। 
 

See More On

सुझावित समाचार