भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छिन्।  दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०४ मतले पछि पारेकी हुन्। हालसम्म २२३८७ मतगणना हुँदा दाहलले ७७१४ मत प्राप्त गरेकी छिन् भने सुवेदीले ७२१० मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९३१६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी गुरुङले ५९६५ मत प्राप्त गरेकी छिन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार