जैमिनी नगरपालिकाको मेयरमा राजमोका पुन र उपमेयरमा कांग्रेसका शर्मा विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

बाग्लुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार पुनले नेकपा एमालेका लीला रानालाई ५ हजार ८८२ मतको मतान्तरले पछि पार्दै  विजयी भएका हुन्। 

पुनले कुल ८ हजार ७५५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रानाले २ हजार ८७३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए। पुन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय जनमार्चाका नेता हुन्। 

नगरउपप्रमुखका लागि नेपाली कांग्रेसका हरिहर शर्मा ६ हजार ५३७ मतान्तरले नेकपा एमालेका उषा पौडेललाई पछाडि पार्दै विजयी भएका हुन्। शर्माले कुल ९ हजार १७३ मत प्राप्त गरेका छन् भने पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेकी हुन् ।  

नगरप्रमुखमा नेपाली कांग्रेस विपीका काशिराम आचार्यले २८६ मत प्राप्त गरेका छन भने राप्रपाका निर्मला सापकोटाले १७३ मत प्राप्त गरेका छन्। राप्रपाको उपप्रमुखमा चिना केसीले १६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। 

जैमिनी नगरपालिकामा वडा नं. १ मा नेपाली कांग्रेसका विष्णु आचार्य, वडा नं. २ मा कांग्रेसकै प्रेमप्रसाद सापकोटा वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका कृष्ण भुजेल, वडा नं. ४ मा नेकपा एकीकृत समाजवादीका चक्र थापा, वडा नं. ५ मा नेपाली कांग्रेसका ठकबहादुर क्षेत्री थापा, वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थापा वडा नं. ७ मा नेपाली कांग्रेसका केन्द्रबहादुर रसाइली, वडा नं. ८ मा नेपाली कांग्रेसकै विमल श्रीस वडा नं. ९ मा नेकपा एमालेका सन्दीप थापा रर वडा नं. १० मा राजमोका श्रीप्रसाद थापा विजयी भएका छन्। नगरपालिकामा १ वडाबाहेक अन्य सबै पाँचदलीय गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।  
 

सम्पादकको रोजाइ

सुझावित समाचार