ताप्लेजुङको पाथीभरा याङ्वरकमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केशरकुमार मेन्याङ्बो विजयी भएका छन् । मेन्याङ्बोले २४ मतले गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार थेबेलाई पराजित गरेका हुन् । मेन्याङ्बोले २८९८ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी थेबेले २८७४ मत प्राप्त गरेका छन् । 

पालिकाकाे उपाध्यक्षमा पनि नेकपा एमालेकै रनमाया गुरुङ निर्वाचित भएकी छिन् । उनले ३१८६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका कुमार सुब्बा लिम्बूले जम्मा १७९१ मत प्राप्त गरे । विजेता मेन्याङ्बाे तथा गुरुङ दुवै ०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा  निर्वाचित भएका थिए ।  

गाउँपालिकामा ६ मध्ये १,२,३,४ र ६ एमालेले जितेको छ भने वडा नम्बर ५ मा स्वातन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार