रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार धनबहादुर पुन फराकिलो मतान्तरले विजयी भएका हुन् । विजयी पुनले ३४३९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पुस्तमन घर्तीले १५२३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)कै ननकला घर्तीमगरले ३४९२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमराज बुढाले १६११ मत प्राप्त गरी पराजित भएका छन् । सुनछहरीमा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धन थियो ।
अध्यक्षका अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका टेकबहादुर खत्रीले ४४ मत र मंगोल नेसनल अर्गनाइजेसनका भाज घर्तीमगरले १८१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा मंगोल नेसनल अर्गनाइजेसनका रतिमला घर्तीमगरले १७३ मत प्राप्त गरिन् ।
गाउँपालिकाका सातमध्ये ६ वटा वडा माओवादी केन्द्रले जितेको छ भने १ वडा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।