धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका यमनाथ दनै विजयी भएका छन् । उनले ८ हजार ३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिराम लोहनीले पाँच हजार चार सय ९९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका धर्मबहादुर अर्यालले ६ हजार चार सय ४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी चन्द्रकुमारी अधिकारीले चार हजार सात सय ७१ मत प्राप्त गरेका छन् ।