बडिमालिकामा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएका हुन् । 

खडकाले ४ हजार ९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएका छन् । 

उपमेयरमा विजयी थापाले ४ हजार २ सय ३३ मत ल्याएकी छिन् । थापाकी प्रतिस्पर्धी राधिकाकुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएकी छिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार