मकवानपुरगढीमा गठबन्धनका उम्मेदवार विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्ष र माओवादी केन्द्रबाट उपाध्यक्ष विजयी भएका हुन् । 

गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी नेपाली निर्वाचित भएका हुन् । 

दोर्जेले ६ हजार ७ सय ६  मत प्राप्त गर्दा एमालेका विदुर हुमागाईंले ५ हजार ६ सय ४५  मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा नेपालीले  एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९ सय ६ मत बढी प्राप्त गरेकी छिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार