पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा कांग्रेसका तुलसी रेग्मी निर्वाचित भएका छन् । उनले एमालेका सीमा क्षेत्रीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४९४ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् । 

उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएकी छिन् । उनले एमालेका महेश पुरीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उपमेयर निर्वाचित अर्यालले ११७४८ मत ल्याउँदा पुरीले १० हजार ७६१ मत ल्याए । 

पुतलीबजार नगरपालिका २०५४ र २०७४ मा एमालेले जितेको थियो । २०७४ मा सीमा क्षेत्री र महेश पुरी निर्वाचित भएका थिए । पुतलीबजार नगरपालिकाका १४ वटा वडामध्ये ९ वटा वडा कांग्रेसले र ५ वटा वडा एमालेले जितेको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार