रौतहटको दुर्गा भगवती गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शम्भु सिंह निर्वाचित भएका छन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका उम्मेदवार अरुण साहलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । पालिका उपाध्यक्षमा माओवादी केन्द्रकै शीलादेवी विजयी भएकी छिन् ।
मेयर उम्मेदवार रहेका सिंहले ४२०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका साहले २९८२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित शीला देवीले २६७९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जु देवीले २३५७ मत प्राप्त गरेकी छिन् ।