धुनिबेँसी नगरपालिकामा मेयर नेकपा एस र उपमेयरमा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

धादिङको धुनिबेँसी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  नगरप्रमुखमा आठ हजार सात सय ६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले रामराजा पाण्डेले ६ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार सुरज उप्रेतीले आठ हजार तीन सय ८७ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार चार सय ७० मत प्राप्त गरेकी छिन्। 

धुनीबेँसी नगरपालिकाको वडा नं १ मा माओवादी केन्द्रका मानबहादुर तामाङ, वडा नम्बर २ मा एकीकृत समाजवादीका लक्षजित तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका प्रकाश हमाल, वडा नम्बर ४ मा एकीकृत समाजवादीका हरिप्रसाद सुवेदी, वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार विशाल भट्टराई, वडा नम्बर ६ मा माओवादी केन्द्रका रमेशप्रसाद आचार्य, वडा नम्बर ७ मा नेपाली कांग्रेसका यदुनाथ पाठक, वडा नम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी र वडा नम्बर ९ मा नेपाली कांग्रेसका माधवप्रसाद सिलवाल विजयी भएका छन्।
 

सुझावित समाचार