अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णु केसी निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णुबहादुर केसी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्।

केसीले ६ हजार ७२२ मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार युवराज कुँवरले पाँच ९५९ मत प्राप्त प्राप्त गरे। अन्नपूर्णको उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारी निर्वाचित भइन् । उनी ६ हजार ६०८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।  

यसअगाडि २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो।  नेपाली कांग्रेसकी खिमकुमारी गुरुङले ६ हजार सय १४ मत प्राप्त गरिन्। अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो।
 

सम्पादकको रोजाइ

सुझावित समाचार