गुल्मीको कालिगण्डकीमा कांग्रेसका थापा निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । थापाले एक सय ३३ को मतान्तरसहित एमालेका राम्जी ढकाललाई पराजित गरेका हुन् । 

थापाले चार हजार आठ सय १० मत प्राप्त गरेका छन् भने, ढकालले चार हजार छ सय ७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । कालिगण्डकीमा कांग्रेस–जनमोर्चा र एमाले–माओवादी गठबन्धन भएको थियो । 

 उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी छिन् । उनले जनमोर्चाकी तारा थापालाई एक सय मतान्तरले पराजित गरिन् । 
दर्लामीको चार हजार चार सय ८४ र थापाको चार हजार तीन सय ८४ मत रहेको थियो । थापा गत स्थानीय तहमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
 

सुझावित समाचार