धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका साह विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनमकुमारी विजयी भएका छन्। उमाशंकर साह ३ हजार ३ सय २६ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार व्रह्मदेव यादवले २ हजार ९ सय २३ मत ल्याएका छन्। 

त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छिन्। एमालेका उपाध्यक्ष उम्मेदवार पुनमकुमारी साह २ हजार ९ सय ४९ मत ल्याई मण्डललाई पराजित गरेकी हुन्। नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्ष थिए। 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार