माडीको मेयरमा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

माडी नगरपालिका मेयरमा राप्रपाको सहयोगमा नेकपा एमाले बाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतो विजयी भएकी छिन्। चितवनको माडी नगरपालिकामा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै उनी विजयी भएकी हुन्। २०७४ को स्थानीय निर्वाचनमा उनी उपमेयर बनेकी थिइन् । ०७४ मा यहाँ माओवादी केन्द्रले मेयर जितेको थियो।

उपमेयरमा भने  गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खेम महतो विजयी भएका छन्। मेयरमा विजयी  ताराकुमारी काजी महतोले ९९०१ मत र गठबन्धनबाट पराजित माओवादी केन्द्रका मेयर उम्मेदवार ऋषी काफ्लेले ७७२९ मत प्राप्त गरेका थिए।

उपमेयरका विजयी खेम महतोले ६८३० मत ल्याउँदा एमाले र राप्रपाको गठबन्धनका राप्रपा उम्मेदवार मदन पौडेलले ५१४० मत ल्याएका थिए।
 

सुझावित समाचार