काठमाडौं महानगरमा झन्डै ६ हजार मतले बालेन अगाडि

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरमा झन्डै ६ हजार मतले स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो नतिजाअनुसार उनले ११ हजार ७७७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले ६ हजार ३२३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ५४८ मत प्राप्त गरेकी छिन्। हाल महानगरपालिकाको ३, ४, ५, ६, ३० र ३२ को मतगणना भइरहेको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार