कास्कीको मादी गाउँपालिका अध्यक्षमा गठबन्धनका देवीजंग विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

कास्कीको मादी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन्। कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङ (महेन्द्र) लाई ८ सय ३४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। देवीजंगले ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७ सय ५० मत प्राप्त गरे।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ निर्वाचित भएकी छिन्। उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गुरुङलाई पराजित गरिन्। कल्पनाले पाँच हजार ८२८ र लालबहादुरले पाँच हजार ६१६ मत प्राप्त गरे।
२०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो। मादीमा कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटा वडाध्यक्ष जितेको छ। मादीमा १८ हजार ७ सय ८२ मतदाता रहेकोमा १३ हजार ७ सय मत खसेको थियो। 

सम्पादकको रोजाइ

सुझावित समाचार