मुसिकोट नगरको मेयर र उपमेयरमा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।  नगरपालिकाको मेयरमा जीवन खरेल र उपमेयरमा गंगा श्रेष्ठ विजयी भएका हुन्।

मेयर निर्वाचित खरेलले गठबन्धनका तर्फबाट कांग्रेसका हरिनारायण सापकोटालाई सात सय ९३ मतले पराजित गरेका हुन्। खरेलले सात हजार तीन सय ९९ मत ल्याउँदा सापकोटाले छ हजार छ सय मत प्राप्त गरेका छन्।

उपमेयरमा गंगा श्रेष्ठले गठबन्धनबाट एकीकृत समाजवादीका श्रीराम महतलाई छ सय ८८ मतले पराजित गरिन्। श्रेष्ठले सात हजार ११ र महतले छ हजार तीन सय २३ मत पाएका जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

एमालेको तर्फबाट वडा नं ३ मा शंकर रायमाझी, ४ मा जुक्त छन्तेल, ५ मा ऋषिश्वर अर्याल, ६ मा खड्गबहादुर खड्का र ७ मा हरिहर सापकोटा विजयी भएका छन्। त्यस्तै गठबन्धनको तर्फबाट वडा नं १ मा मोहनप्रसाद घिमिरे, २ मा रवीन्द्र केसी, ८ मा रमेश विक र ९ भुमा गुरुङ विजयी भएका छन्।

सुझावित समाचार