भरतपुर महानगरमा मतान्तर बढाउँदै रेनु

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा २० हजार २८८ मत गणना हुँदासम्म रेनु दाहालले ६ हजार ८७० मतसहित अग्रता लिएकी छिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५९७ मत ल्याएका छन्। पछिल्लो मतगणना नतिजाअनुसार मेयरका दुई उम्मेदवारबीच झन्डै दुई सयको मतान्तर देखिएको हो।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३५३ मत ल्याएका छन्। उपमेयरतर्फ चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाएका छन् भने हिमला गुरुङले ५ हजार ४३४ मत ल्याएकी छिन्।

सुझावित समाचार