काभ्रेमा पहिलो महिला वडाध्यक्ष निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काभ्रेमा पहिलोपटक महिला वडाध्यक्ष निर्वाचित भएकी छिन्। बनेपा नगरपालिका– ८ मा नेपाली कांग्रेसकी शुभलक्ष्मी मानन्धर वडाध्यक्षमा निर्वाचित भएकी हुन्। कुल दुई हजार आठ सय ५२ मत खसेकोमा निर्वाचित मानन्धरले एक हजार चार सय ४५ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी एमालेका श्यामकाजी मानन्धरले एक हजार ४६ मत प्राप्त गरे। 

निर्वाचित अन्य वडा सदस्यमा स्वयमकाजी पोटे, योगेश्वर कायस्थ, महिला सदस्य कमल शोभा रञ्जित प्रजापति र दलित महिला सदस्यमा अम्बिका भुसाल (दर्जी) रहेका छन्। काभ्रेमा ११ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए। हालसम्म एकजना विजयी भएका छन् भने तीनजना पराजित भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार