कांग्रेस उपसभापति खड्काको गृहपालिकामा एमालेका जिसी विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

सुर्खेतको चिंगाड गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी विजयी भएका छन् । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाड गाउँपालिकामा जिसीले कांग्रेसका उम्मेदवार डोरप्रसाद शर्मालाई ४१ मतले पराजित गरेका हुन् । जिसीले तीन हजार पाँच सय ९१ मत प्राप्त गर्दा शर्माले तीन हजार पाँच सय ५० मत प्राप्त गरे ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकाया विजयी भएकी छिन् । उनले  कांग्रेसकी मनमाया आचार्यलाई पराजित गरेकी हुन् । 

गाउँपालिकाका ६ वडा वडामध्ये नेपाली कांग्रेस र एमालेले तीन–तीन वडा जितेका छन् । वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले २, ३ र ६ मा जित हात पारेको छ । 
 

सुझावित समाचार