सर्लाहीको कौडेनामा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सार्वजनिक मत परिणामअनुसार कांग्रेसका रूपेशकुमार दुई हजार आठ सय ४० मतान्तरले विजयी भएका हुन्।

रूपेशले पाँच हजार दुई सय ८१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजनन्दन प्रसादले दुई हजार चार सय ४१ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा पनि नेपाली कांग्रेसकी उम्मेदवार नगिना देवी चार हजार नाै सय ६३ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी पलवी देवीले दुई हजार ६ सय ६२ मत प्राप्त गरिन्। यो पालिकामा यसअघि तत्कालीन राजपाका रामप्रसाद राय यादव विजयी भएका थिए।

पालिकाको चारवटा वडामा कांग्रेस विजयी हुँदा जसापा, माओवादी केन्द्र र राजपा एक–एक वडामा विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका राजेश पटेल, २ मा कांग्रेसकै रामदरेश ठाकुर, ३ मा जसपाका पञ्चु चौधरी कल्वार, ४ मा कांग्रेसका रामविश्वास राय, ५ मा कांग्रेसका अनिश खातुन, ६ मा माओवादी केन्द्रका राम उमेश राय र ७ मा राप्रपाका विजयकुमार यादव विजयी भएका हुन्।

सम्पादकको रोजाइ

सुझावित समाचार