मर्स्याङ्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापा विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित गुरुङले ६ हजार एक सय ३० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले चार हजार तीन सय ६९ मत ल्याएका छन्।

उपाध्यक्ष निर्वाचित थापाले सत्तागठबन्धनका उम्मेदवारको भन्दा एक हजार आठ सय ८५ मत बढी ल्याएकी छिन्। उनले पाँच हजार आठ सय ९५ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका अजय तामाङले चार हजार १० मत ल्याएका छन्। नाैवटा वडा रहेको मर्स्याङ्दीको १, २, ३,  ७  र  ८  एमालेले जितेको छ।  नेपाली कांग्रेसले ४,  ५ , ६  र  ९ वडा जितेको छ।

यसअघि पाँच वर्ष गाउँपालिका अध्यक्षमा रहेका गुरुङ  पुनः पाँच वर्षका लागि गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन्। ०७४ को स्थानीय चुनावमा एमाले–माओवादी केन्द्र मिलेर चुनाव लड्दा गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई नाै सय दुई मतले पराजित गरेका थिए।

सम्पादकको रोजाइ

सुझावित समाचार