कालीकोटको नरहरिनाथमा माओवादी–समाजवादीको गठबन्धनलाई पराजित गर्दै कांग्रेसका विष्ट विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

कालीकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन्  । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्ट दुई हजार ६ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका थिए । 

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सीता रावलले दुई हजार दुई सय ८३ मत पाएकी छिन् । 

स्वतन्त्र उम्मेदवारी दिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एटम बिसीले एक हजार नौ मत पाए । यस गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।  
 
 

सम्पादकको रोजाइ

सुझावित समाचार