धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मत अन्तरले विजयी भएका हुन्।
उनले दुई हजार दुई सय ६२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले दुई हजार एक सय ६३ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार चार सय ३० मत ल्याएर निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी लोसपाकी रन्जिता देवी मण्डलले एक हजार नाै सय एक मत ल्याएकी छन्।