बेलकोटगढी– ३ मा माओवादी केन्द्रकी पुडासैनी विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

नुवाकोटको बेलकोटगढी नगरपालिका– ३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कौशिला पुडासैनी विजयी भएकी छिन्। पुडासैनी आठ सय ९६ मतसहित वडाध्यक्षमा विजयी भएकी हुन्।

नेपाली कांग्रेसका उम्मेदवार उमेश अधिकारीलाई एक सय ६१ मतले पछि पार्दै पुडासैनी विजयी भएकी हुन्। कांग्रेसका अधिकारीले सात सय ३५ मत ल्याउँदा एमालेका प्रह्लाद सुवेदीले तीन सय ७७ मत ल्याएका छन्।
 

सुझावित समाचार