काठमाडौंको तारकेश्वरमा मेयर र उपमेयरमा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णहरि महर्जन विजयी भएका छन्। ११ हजार दुई सय २३ मतसहित उनी विजयी भएका हुन्। 

महर्जनका प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर बोहोराले सात हजार ३५९ मत ल्याएका छन्। एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार बनेका लवकुमार बस्नेतले दुई हजार दुई सय ६ मत पाएका छन्। 

दुवैलाई पछि पार्दै महर्जनले नगरपालिकाको प्रमुखमा जितेका हुन्। त्यस्तै, उपप्रमुखमा १० हजार दुई सय २४ मत प्राप्त गरी कांग्रेसकै सिर्जना बुर्लाकोटी विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भवानी डोटेलले सात हजार पाँच सय ६३ मत प्राप्त गरेकी छिन्।

सुझावित समाचार