जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस बिजयी भएको छ। मेयरमा कांग्रेसका बिष्णु कुमार भामले ४ हजार ५ सय ९९ मत प्राप्त गरि बिजयी भएका छ्। उनी ७३९ मतान्तरका साथ बिजयी भएका हुन।
उनका प्रतिद्वन्दी एमालेका डम्बर बहादुर रावलले रावलले ३ हजार ८ सय ६० मत प्राप्त गरि पराजय भएका छ्न्। त्यस्तै उपमेयरमा कांग्रेसकी ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत प्राप्त गरि बिजयी भएकी छ्न। उनी ६०८ मतान्तरका साथ बिजयी भएकी हुन। उनकी प्रतिद्वन्दी एमालेकि टोमा लामाले ३ हजार ७ सय १७ मत प्राप्त गरिन्।
नगरपालिकाका १४ वडा मध्य ७ वडामा एमालेले जितेको छ। भने ६ वडामा कांग्रेसले जितेको छ। भने नेकापा एकीकृत समाजवादीले १ वडामा जितेको छ। नगरपालिकामा एमाले र कांग्रेस एक्ला एकलै चुनाबी मैदानमा थिए। भने माओवादी र एकीकृत समाजवादीले चुबाबी गठबन्धन गरेका थिए।
०७४ को स्थानीय तहको निर्बाचनमा कांग्रेसले मेयर सहित ७ वडामा बिजय हात पारेको थियो। भने एमालेले उपमेयर सहित ५ वडामा बिजय भएको थियो। माओवादीले २ वडामा जितेको थियो।