लमजुङको दोर्दी गाउँपालिकाको अध्यक्षमा एमालेका युवराज अधिकारी र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले निर्वाचित भएका छ्न्। अधिकारी चार हजार सात सय ३८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लालबहादुर गुरुङले चार हजार ६ सय ५१ मत प्राप्त गरेका छन्।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले विजयी भएका छन्। उनले चार हजार नाै सय ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले चार हजार एक सय ९० मत प्राप्त गरेकी छिन्।
दोर्दी गाउँपालिकाको ९ वडामध्ये १ र ५ मा कांग्रेस तथा ९ मा माओवादी केन्द्र विजयी भएको छ भने २, ४, ६, ७ र ८ मा एमाले विजयी भएको छ। यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा दोर्दीको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएको थियो।