गोरखा– ६ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

गोरखा नगरपालिका– ६ मा स्वतन्त्र उम्मेदवार दिलीप जोशी विजयी भएका छन्। जोशीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आनन्द गुरुङ (काजी)लाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

जोशीले ६ सय आठ मत ल्याउँदा कांग्रेसका गुरुङको पाँच सय ६ मत आएको छ। नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका सानुकाजी वन्तले दुई सय ६३ मत प्राप्त गरेका छन्। वडासदस्यमा भने चारैजना कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

सुझावित समाचार