ललितपुरको महाँकालमा गठबन्धनका उम्मेदवार विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

०७४ को निर्वाचनमा ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित चारवटा वडामा जितेको एमालेले यसपटक भने पराजय व्यहोरेको छ। यसपटक पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेशबहादुर केसी विजयी भएका छन्। तीन हजार चार सय ५५ मतसहित उनी विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी एमालेकी कमला तामाङले दुई हजार आठ सय ८७ मत ल्याएकी छिन्।

उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भएकी छिन्। उनले तीन हजार एक सय ५२ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाईंले दुई हजार सात सय ८७ मत ल्याएका छन्।

त्यस्तै, पालिकाको वडा नम्बर १ मा कांग्रेसका रामप्रसाद घिमिरे, २ मा जोनीकुमार न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा सीताराम तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र ६ मा विनोद चौरेल विजयी भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार