जुम्लाको सिँजामा माओवादी केन्द्र विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

जुम्लाको सिँजा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पूर्णप्रसाद धिताल गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

धिताल एक हजार नाै सय ४९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार आठ सय ३१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गाउँपालिका उपप्रमुखमा माओवादीकै शितली रोकाया निर्वाचित भएकी छिन्। उनले एक हजार नाै सय ५६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी कांग्रेसका  रजनकली शाहीले एक हजार ६९ मत प्राप्त गरेकी छिन्। प्रमुख पदमा निर्वाचित धिताल माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्य हुन्। सिँजा गाउँपालिकामा ६ हजार एक सय ९५ मत खसेको थियो।

सम्पादकको रोजाइ

सुझावित समाचार