बाराको करैयामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका छन्। नेपाली कांग्रेसका भुनेश्वर धामीलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन्। निर्वाचित यादवले पाँच हजार पाँच सय ९८ मत ल्याउँदा धामीले तीन हजार चार सय मत ल्याएका छन्।
उपाध्यक्षमा जनता समाजवादीकै सुनैनाकुमारी चौधरी विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसकी चित्ररेखा चौधरीलाई दुई हजार दुई सय ६७ मतले पराजित गरेकी हुन्। सुनैनाले पाँच हजार चार सय ३९ मत ल्याउँदा चित्ररेखाले तीन हजार एक सय ७२ मत ल्याएकी छिन्।