गाउँपालिका अध्यक्षमा हारेपछि रोल्पामा माओवादीका गाउँ कमिटी इन्चार्जद्वारा राजीनामा

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा पराजित भएपछि नेकपा (माओवादी केन्द्र) गाउँपालिका इन्चार्ज वीरबहादुर खत्रीले राजीनामा दिएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई जिताउन नसकेकाले गाउँ कमिटी इन्चार्जबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

‘गंगादेव गाउँपालिका रोल्पामा माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताको आधारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँपालिका इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएकोबारे जानकारी गर्दछु,’ जिल्ला इन्चार्जलाई सम्बोधन गर्दै उनले फेसबुकमा लेखेका छन्।

यसअघिको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका अध्यक्ष निर्वाचित भएका खत्री यसपटकको निर्वाचनमा भने तेस्रो भएका छन्। पार्टी पालिका इन्चार्ज रहेका उनी माओवादी केन्द्रका तर्फबाट अध्यक्षका प्रत्याशी थिए। उनी नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्षसमेत हुन्। गंगादेवमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ।

सुझावित समाचार