दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मेयरमा नेपाली  कांग्रेसका गणेशबहादुर शाही विजयी भएका छन् । शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै विजयी भएका हुन् । 

मेयरमा विजयी शाहीले चार हजार ७० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । एमालेका सूर्यबहादुर शाही तीन हजार नौ सय ९२ मत प्राप्त गर्दै  पराजित भएका छन्। 

यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका मनसरा कुमारी शर्मा विजयी भएकी छिन् । शर्मा चार हजार ३८ मत प्राप्त गर्दै उपमेयरमा विजयी भएकी छिन् भने एमालेका नन्दाकुमारी विष्टले तीन हजार नौ सय ९६ मत प्राप्त गरी पराजित भएकी हुन् । 

०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा मेयर–उपमेयरमा एमालेले जित हात पारेको थियो ।

सुझावित समाचार