स्वतन्त्र उम्मेदवारले तोडे डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेको वर्चश्व

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानालाई पाँच सय ३८ मतले पराजित गर्दै जोशी विजयी भएका हुन्।

जोशीले तीन हजार एक सय ८९ मत प्राप्त गरे भने रानाले दुई हजार ६ सय ५१ मत प्राप्त गरे । डिलासैनीको उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा तीन हजार आठ सय ७३ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेकी उम्मेदवार लीलावती जोशीले दुई हजार सात सय ७९ मत पाइन् ।  डिलाशैनीका सात वडामध्ये तीन वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेसले  दुई–दुई वडा जितेका छन्।

वडा नं १ मा कृष्णकुमार धामी (कांग्रेस), वडा नं २ मा नवराज घरडी (एमाले), वडा नं. ३ मा रघुवीर बोहरा (एमाले) तथा वडा नं. ४, ५ र ७ मा स्वतन्त्रका हरिदत्त पन्त, यज्ञराज भट्ट र प्रकाशमणि भट्ट विजयी भएका छन् भने वडा नं. ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित जोशी एमालेनिकट युवा संघका सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सचिव हुन्। अध्यक्षका लागि पार्टीले सिफारिस नगरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन्।

सुझावित समाचार