बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामक्षत्री प्रसाद कुर्मी विजयी भएका छन्। उनले लोकतान्त्रिक समाजवादीका जगतनारायण महतोलाई चार सय ७४ मतले पछि पार्दै जित निकालेका हुन्। निर्वाचित कुर्मीले दुई हजार नाै सय १७ मत ल्याउँदा महतोले दुई हजार चार सय ४३ मत ल्याएका छन्।
यस्तै, उपाध्यक्षमा समेत नेकपा एमालेकी सुगन्धीदेवी कनुइन विजयी भएकी छिन्। उनले तीन हजार दुई सय ३२ मत ल्याउँदा उनी प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादीकी सावित्री देवीले दुई हजार तीन सय ८७ मत ल्याएकी छिन्।