जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जुनमाया रोकाया विजयी भएकी हुन् ।
प्रमुखमा बोहरा दुई हजार सात ६८ मत प्राप्त गरी विजयी भएका हुन् । उपप्रमुखमा माओवादीकी रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुखमा प्रत्याशी माओवादीका हरिबहादुर बुढाले दुई ६ सय ६८ मत प्राप्त गरेका हुन् भने कांग्रेसकी शान्तिले बुढा दुई हजार चार सय ६३ मत प्राप्त गरी पराजित भएकी हुन् ।
पातारासीमा ०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुखमा कांग्रेकाका लक्षिमन बोहरा र कांग्रेसकै पुन्नकली महतारा उपप्रमुखमा निर्वाचित भएकी थिइन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पातारासी गाउँपालिकामा ६ हजार तीन सय ३३ मत खसेको थियो ।