धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार पाँच हजार तीन सय ९९ मतसहित कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुमारजंग याखाले चार हजार आठ सय २८ मत ल्याएका छन्। याखालाई पाँच सय ७१ मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन्।

यता गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार मुना राई विजयी भएकी छिन्। उनले चार हजार ६ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका लीलाराज लावतीले चार हजार एक सय ३६ मत ल्याएका छन्। लावतीलाई पाँच सय १४ मतान्तरले पराजित गर्दै एमालेकी राई उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

सम्पादकको रोजाइ

सुझावित समाचार