रुविभ्याली गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका छन्। उनले दुई हजार सात सय ९२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुई हजार पाँच सय ९७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन्। उनले दुई हजार नाै सय तीन मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरेकी छिन्। राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक गठबन्धनका दल विजयी भएका हुन्।

रुविभ्याली वडा नं. १ मा नेपाली कांग्रेसका पम्बर तामाङ, वडा नं २ मा नेकपा एकीकृत समाजवादीका रूप घले, वडा नं. ३ मा जनता समाजवादी पार्टीका फेदोर्जे तामाङ, वडा नं. ४ मा राप्रपाका प्रशान्त तामाङ, वडा नं. ५ मा नेपाली कांग्रेसका रम्बा घले, र वडा नं. ६ मा एकीकृत समाजवादीका समीर गुरुङ विजयी भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार