सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रका कुशवाह विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रामाशंकरप्रसाद कुशवाह विजयी भएका हुन् । मेयरमा निर्वाचित कुशवाहले चार हजार ६ सय ४३ मत प्राप्त गरे  भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभयकुमार सिंह तीन हजार ६ सय ३१ मत प्राप्त गर्दै पराजित भए ।

कुशवाहले उम्मेदवारीका लागि श्री रामजानकी आधारभूत विद्यालय बग्दहको प्रधानाध्यापकको पदबाट राजीनामा दिएका थिए । यस्तै, उपमेयरमा माओवादी केन्द्रकी कोशिला देवी विजयी भएकी छिन् । उनले चार हजार तीन सय ५१ मत प्राप्त गरिन्  भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले तीन हजार सत सय ४० मत मात्र प्राप्त गरिन् ।

यस्तै, बलरामा बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३, ४, ५, ७ र ८ मा नेपाली कांग्रेसले विजय हासिल गरेको हो भने वडा नम्बर ९, १० र ११ मा माओवादी केन्द्र विजयी भएको छ  । यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार