बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी विजयी भएका हुन् ।
अध्यक्ष रोकायाले दुई हजार सात सय ५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले दुई हजार दुई सय २९ मत ल्याए । राप्रपाका ललितप्रसाद जोशीले ३५ मत पाए ।
यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी दुई हजार ६ सय २१ मतसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी जयकुमारी ऐडीले दुई हजार तीन सय ९२ मत ल्याइन् । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । ७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।