नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड)को वडामा माओवादी केन्द्र विजयी भएको छ । प्रवक्ता विककाे गृहजिल्ला कालीकोटको नरहरिनाथ गाउँपालिका- ६ मा माओवादी केन्द्रमा पौरम विक विजय भएका हुन् ।
विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए । कालीकोटका नौवटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।