राप्तीसोनारी गाउँपालिकामा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका तप्तबहादुर पौडेल र उपाध्यक्षमा मनीषासिंह थारू विजयी भएका हुन् । 

पौडेलले १०,१११ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारूले ९,२९२ मत पाएका छन् । त्यसैगरी, एमालेका रामदास थारूले ९,१४० मत पाएको निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए । 

त्यसैगरी, उपाध्यक्षमा मनीषासिंह थारू १०,१३४ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी चमेलीकुमारी बाकबलले ९,३४१ मत पाइन् । माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार मञ्जु रोकायले ८,७९३ मत पाएको निर्वाचन अधिकृत केसीले बताए । 

नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जिते पनि  वडा भने सबै अध्यक्ष गुमाएको छ । राप्तीसोनारीमा एमालेले १, २, ३, ८ र ९ को वडाध्यक्षसहित प्यानल जितेको छ । दोस्रोमा रहेको माओवादी केन्द्रले वडा नं. ४, ५ र ७ जितेको छ भने राप्रपाले वडा नं. ६ जित हात पारेको छ । राप्तीसोनारीमा यसअघि पनि नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।  

सम्पादकको रोजाइ

सुझावित समाचार