ढोरपाटनको मेयरमा एमालेका नेपाली र उपमेयरमा कांग्रेसका कायत विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

बाग्लुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली विजयी भएका छन् । गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई पछि पार्दै नेपाली पुनः नगरप्रमुखमा विजयी भएका हुन् ।

नेपाली कुल पाँच हजार सात सय ३५ मत ल्याएर विजयी भएका हुन् भने अर्यालले पाँच हजार एक सय ३५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 

नगरपालिकाको उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका धनबहादुर कायत कल्याण विजयी भएका हुन् । नेपाली कांग्रेसका ढोरपाटन नगरपालिकाका सभापतिसमेत रहेका कायतले पाँच हजार ६ सय ५० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ताराकुमारी पुनले चार हजार आठ सय ८४ मत प्राप्त गरेकी छिन् । नगरप्रमुखमा नेपालीले ६ सय  मतले जितेका छन् भने उपप्रमुखमा सात सय ६६ मतको अन्तरले विजयी भएका छन् । 

नगरपालिकामा रहेका नाैवटा वडामा नेकपा एमाले ६ वटा वडामा तथा नेपाली कांग्रेस एक तथा माओवादी केन्द्र एक तथा राष्ट्रिय जनमोर्चा एक वडामा मात्रै विजयी भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार